News Portal

विर्तामोड वाणिज्य संघको मतदान सकियाे, ३ हजार ८ सय ४९ जनाले गरे मतदान

रातोपोस्ट संवाददाता
४८७ पटक

झापा, १६ फागुन । । विर्तामोड वाणिज्य संघको मतदान सकिएको छ । निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार ३८ सय ४९ मत खसेको छ । वाणिज्य संघको  मतदाता संख्या भने  ४ हजार ५ सय  ५० रहेकाे  हो ।

विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म खसालिएको थियो । संघको मतदान स्थल बाहिर कुनै अमर्यादित गतिविधि नभएकाे  निर्वाचन समितिले शान्तिपूर्ण तरिकाले मतदान भएको जनाएको छ ।

विर्तामोडकाे अग्रसेन भवनमा भएको मतदान अतिथि सदनमा गणना हुने पूर्वनिर्धारित तालिका छ । आज राती देखि नै गणना हुन सक्ने संभावना रहेको बुझिएको छ । १८ गते प्रधानमन्त्री केपी ओली बिर्तामोड आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्थाका कारण सकेसम्म चाँडै गणना सक्नुपर्ने तयारी गरिएको छ । संघको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानल र लोकतान्त्रिक व्यवसायिक प्यानल होमिएका छन् ।

प्रतिकृया दिनुहोस्