News Portal

घायलकाे ‘रिभेन्ज’ चलचित्रमा संचारकर्मी घिमिरे इन्ट्री

रातोपोस्ट संवाददाता
५४८ पटक

झापा, फागुन १६ । नेपाली कथानक चलचित्र रिभेन्ज काे पूर्वमा धमाधम छायांकन भइरहेको छ । डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्ममा नेपालबाट बिदेशमा बेचिएका चेलिबेटीहरुकाे कथालाइ समेट्न खाेजिएकाे निर्देशन घायलले बताए ।

नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याउँने तयारी रहेको बताए । चलचित्रमा कलाकार रविन श्री , गंगा कुवर , राेशन बिसी पुष्पराज नेपाल, संचारकर्मी खगेन्द्र घिमिरे, अमन देव,पदम सुनार, प्रतिका शर्मा, आर जे भिलेन सरु बराल, रेनु थापा, विशाल अग्रवाल, दिव्य बिटि सुस्मिता पाण्डे र अम्विका खड्का रहेका छन् ।

कृष्ण पाण्डेकाे छायांकन, देव महर्जनकाे द्वन्द्व, राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठकाे दोस्रो साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यश चलचित्रले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्