News Portal

विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा लोकतान्त्रिक प्यानलको अग्रता

रातोपोस्ट संवाददाता
६१४ पटक

झापा, १७ फागुन । विर्तामोड उद्योग वाणिज्य संघको आइतावर भएको चुनावमा एउटा सचिववाहेक लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ । विहान ७:३० बजेसम्मको मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले ८०२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले ५३९ मत प्राप्त गरेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले ७७८ र संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले ५४४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले ७०८ र संयुक्त प्यानलका प्रकाश घिमिरेले ६०३ प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले ८४० र संयुक्त प्यानलका रामकृष्ण अधिकारीले ४४५ मत प्राप्त गरेका छन् ।महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले ६७२ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालील ६३० मत प्राप्त गरेका छन् । उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले ९३३ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ३६१ मत प्राप्त गरेका छन् ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले ६७५ मत प्राप्त लगरी अग्रता लिएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले ६२२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले ७९६ र संयुक्त प्यानलका दुर्गाप्रसाद खतिवडाले ५०८ मत प्राप्त गरेका छन् । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले ७१५ र रञ्जु प्याकुरेलले ५७२ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्