News Portal

झापा विद्रोहका शहीदको स्मृतिमा सुखानीमा फागुन २१ गते श्रद्धाञ्जलीसभा हुने

रातोपोस्ट संवाददाता
७४० पटक

झापा, १७ फागुन । झापा विद्रोहका शहीदको स्मृतिमा फागुन २१ गते सुखानीमा श्रद्धाञ्जलीसभा हुने भएको छ । झापा जिल्ला पार्टीकाे आयोजनामा फागुन २१ गते विहान ११ बजेदेखि कार्यक्रम हुने भएकाे छ भने सभालाई पाटि पार्टीका केन्द्रीय नेताहरुले सम्बाेधन सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

उक्त सभामा सहभागी हुन नेकपाका झापा जिल्लाका सचिव मणिकुमार साम्पाङ (विजय)ले विज्ञप्ति जारी गर्दै सम्पूर्ण न्याय प्रेमी क्रान्तिकारी जनसमुदायमा कार्यक्रममा सहभागीको लागि हार्दिक गरेका छन, उनले कार्यक्रम सफल बनाउन आ-आफ्नो ठाउँबाट योगदान गर्न हुन पनि आवान गरेका छन ।

झापा विद्रोहका बेला तत्कालीन पञ्चायती सरकारले पक्राउ गरेका ५ युवा वीरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुँइकेल, नेत्र घिमिरे र रामनाथ दाहाललाई २०२९ सालको फागुन २१ गतेका दिन गोली हानी हत्या गरिएको थियो । आफ्ना सहादतप्राप्त योद्धाको सम्झनामा नेपालमा रहेका कम्युनिस्ट पार्टीहरुले प्रत्येक वर्ष फागुन २१ मा विभिन्न कार्यक्रमको आयोजना गरी झापा विद्रोहका शहीदको सम्झना गर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्