निर्णयहरु सार्वजनिक गर्दै सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले प्रधानमन्त्रीको राजीनामा माग्नेहरुले राजनीतिबाट सन्यास लिनुपर्ने भन्दै कडा आलोचना गरेका छन् । “प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनामा माग्नेहरुको के छ राजनीतिक धरातल ? बुझ्नुपर्यो नि । उनीहरुले नेपालको धर्तीबाट राजनीतिमा सन्यास लिए हुन्छ ।” उनले भने ।
संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले स्वागत गरेको बताउँदै प्रवक्ता गुरुङले अहिलेको संक्रमणकालिन अवस्थामा प्रधानमन्त्री ओलीले राजीनामा नदिने प्रस्ट पारे । प्रवक्ता गुरुङले भने, “अहिलेको संक्रमणकालमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न ।”