News Portal

वाणिज्य संघको चुनावमा लोकतान्त्रिक प्यानलकाे अग्रता कायम

विजय बराल
४४० पटक

झापा, १७ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आइतावर भएको चुनावमा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ । दिउसो ४ बजेसम्मको मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले १६८६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुभास भट्टराईले १२३० मत प्राप्त गरेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले १६५० र संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले १२३५ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले १५११ र संयुक्त प्यानलका प्रकाश घिमिरेले १३३७ प्राप्त गरेका छन् । वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले १७६३ र संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १०३५ मत प्राप्त गरेका छन् ।

महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १४०२ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले १४३४ मत प्राप्त गरेका छन् । उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले १९९४ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ८०९ मत प्राप्त गरेका छन् । वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले १५१८ मत प्राप्त गरी अग्रता लिएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १३०७ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले १६३१ र संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले ११६६ मत प्राप्त गरेका छन् । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १५२६ र रञ्जु प्याकुरेलले १२६१ मत प्राप्त गरेकी छन् । कुल तीन हजार ८४९ मतमध्ये अहिलेसम्म पदाधिकारीमा तीन हजार ७ जनाको मतमात्र गणना भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्