News Portal

गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने

रातोपोस्ट संवाददाता
७४१ पटक

चितवन, १७ फागुन । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाइने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको प्याराफिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाइने फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गरेको जानकारी गराएको हो । तर, आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख फाउण्डेशनलाई सहयोग गर्नुपर्नेछ । फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माणलाई तिब्रता दिएको छ । पछिल्लो समय फाउण्डेशनले आर्थिक अभाव झेल्नुपरेको छ । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरी कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशालाको क्षमता ३० हजार दर्शक हुनेछ ।

प्रतिकृया दिनुहोस्