News Portal

ट्रकको ठक्करबाट सुरुङ्गामा २ जनाको मृत्यु, ५ घाइते

रातोपोस्ट संवाददाता
६६० पटक

झापा, १९ फागुन । झापाकाे कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुधबार दिउसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान–१६ का २५ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ–१ का ३३ बर्षीय दिलिप राना मगर गम्भीर घाइते भई बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको छ ।

कारमा सवार दिलिप राना मगरको श्रीमती अन्जु मगर, सोही स्थान बस्ने सुरेश मगर र मोटरसाइकलमा सवार शिवसताक्षी–२ का यामबहादुर श्रेष्ठ, इटहरी उपमहानगरपालिका–४ का समिर राना र मोटरसाइकल पछाडि सवार निजकै श्रीमती सोनम श्रेष्ठ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरुको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेमबहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्