News Portal

प्रधानमन्त्री बन्ने अवसर आएमा छोड्न हुदैन- सभापति देउवा

रातोपोस्ट संवाददाता
१०११ पटक

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसबाट प्रधानमन्त्री बन्ने अवसर आएमा छोड्न नहुने बताएका छन् । चितवनमा आयोजित काँग्रेस नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै सभापति देउवाले सरकारको नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएमा छाड्न नहुने बताएका हुन् ।

सभापति देउवाले भने, ‘सरकारको नेतृत्व गर्ने जिम्मवारी प्राप्त भए छाड्ने कुरा हुदैन तर प्रधानमन्त्री ले भन्दै जाने कुरा हुदैन ।’ प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएमा काँग्रेस तयार हुनुपर्ने बताए । अगाडी भने, ‘ रामचन्द्र पौडेल जीको चित्त सानो छ । जो प्रधानमन्त्री बनेपनि अप्रति भित्रबाट बन्ने हो ।’

रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायतका शिर्ष नेताहरु आज चितवन पुगेका छन् ।

प्रतिकृया दिनुहोस्