News Portal

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

रातोपोस्ट संवाददाता
८९३ पटक

काठमाडौं, २० फागुन । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्णय गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बोलाइएको बैठकमा प्रतिनिधिसभामा कुनरुपमा प्रस्तुत हुने भन्नेबारे निष्कर्ष निकालिने कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माले भने, ‘बैठकले भोलि (शुक्रबार) बस्ने संसदीय दलको बैठकका एजेण्डा र २३ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने बारे मोटामोटी खाका बनाउने छ ।’

पदाधिकारी बैठकपछि संसदीय दलको र केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी छ। संसदीय दलको बैठक  शुक्रबारका लागि बोलाइएको छ भने केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ।

प्रतिकृया दिनुहोस्