News Portal

मोटरसाइकल दुर्घटना हुँदा कांग्रेसका नगर सभापति घाइते

रातोपोस्ट संवाददाता
१०६५ पटक

झापा , फागुन २० । झापाको मेचीनगर स्थित इट्टाभटामा मोटरसाइकल दुर्घटनामा परि मेचीनगर नगरका नेपाली कांग्रेसका सभापति ईन्द्रबहादुर बुढाथोकी घाइते भएका छन् । उनको खुट्टामा चोटलागि खुट्टामा असर गरेको छ ।

बिहीबार बिहान १० बजे महेन्द्र राजमार्ग अन्तर्गत मेचीनगर-७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय अगाडि पश्चिमबाट आउका दुईजना विद्यार्थी सवार गरी आएको मोटरसाइकलले ठक्कर दिदा बुढाथोकी घाइते भएका हुन् ।

उनको अहिले विर्तामोड स्थिति विएण्डसी हस्पिटलमा उपचार भईरहेको नेपाली कांग्रेस मेचीनगर-८ s का वडा सभापति गिरिराज धमलाले जानकारी दिए । दुर्घटनामा परि मोटरसाइकलमा सवार एकजना विद्यार्थीको भने टाउकोमा गम्भीर चोट लागेको धमलाले बताएका छन ।

प्रतिकृया दिनुहोस्