News Portal

सुखानीमा हुने कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा, सहिद परिवारलाई सम्मान गरीने

रातोपोस्ट संवाददाता
११४६ पटक

विर्तामाेड, २० फागुन ।  झापा विद्राेहका सहिदहरूकाे सम्झनामा प्रचण्ड – नेपाल पक्षले सुखानीमा श्रद्धाञ्जलि सभाकाे  सम्पुर्ण तयारी पुरा गरेकाे छ । फागुन २१ गते  (भाेली ) शुक्रबार बिहान ११ बजे देखि सुखानीमा  हुने उक्त श्रद्धाञ्जलि सभाकाे सम्पुर्ण तयारी पुरा भएकाे राष्ट्रिय युवा संगठन नेपाल झापाका इन्चार्ज कुमार आचार्यले बताए ।

उक्त कार्यक्रममा पार्टिका स्थाइ कमिटि सदस्य राम कार्की (पार्थ) र नेकपाकी केन्द्रिय सदस्य तथा तत्कालिन झापा बिद्रोहकी योद्धा तथा नख्खु जेल ब्रेकर गौरा प्रसाईले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे आचार्यले जानकारी दिए । नेकपा झापा जिल्ला समितिकाे आयाेजनामा हुने उक्त कार्यक्रममा ५ हजार जनता उपस्थिति हुने आँकलन रहेकाे नेपाल कम्युनिस्ट पार्टि (नेकपा)ले जानकारी दिएकाे छ । उक्त कार्यक्रममा झापा विद्राेहका सहिद परिवारलाई  सम्मान गर्ने कार्यक्रम समेत रहेकाे नेपाल कम्युनिस्ट पार्टि (नेकपा)ले जानकारी दिएकाे छ ।

४७ वर्ष अघि फागुन २१ गते अर्थात् सुखानी हत्याकाण्ड भएको दिन । नेपालको राजनीतिक इतिहासमा सुखानी घट्ना चर्चित घटनाहरुमध्येमा पर्छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरे वापत  झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले समेत चिनिन्छ ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो ।२९ साल कात्तिक महिनामा पक्राउ परेका उनीहरूहरुलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा गोली हानेर हत्या गरिएको थियो । त्यसैले कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गर्दछन् । हत्या भएको स्थानमा पाँचै जनाको शालिक निर्माण गरिएको छ । यो क्षेत्र हाल अर्जुनधारा नगरपालिकामा पर्दछ ।

प्रतिकृया दिनुहोस्