News Portal

हेलिकप्टर चढ्न मानेनन् महासचिव ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

रातोपोस्ट संवाददाता
१००१ पटक

काठमाडौं,  २० फागुन  ।  सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्।

उनी काठमाडौं बाहिर भएकाले शुक्रबार हुने कार्यक्रमको सम्बोधनका लागि ल्याउन सरकारले हेलिकोप्टर स्टान्डबाई राखेको थियो ।
तर विप्लवले हेलिकोप्टर चढ्न नमानेपछि गाडीबाटै काठमाडौं आउँदै गरेको एक नेताले जानकारी दिए ।

हेलिकोप्टरमा चढ्दा राम्रो सन्देश नजाने भएकाले पार्टीले व्यवस्था गरेको गाडीमै विप्लव काठमाडौं आउँदै गरेको केन्द्रीय सदस्यसमेत रहेका ती नेताले जानकारी दिए । उनी राति अबेरसम्म काठमाडौं आइपुग्ने उनले जानकारी दिए । विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको सहमतिअनुसार शुक्रबार प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा सम्बोधनका लागि उपस्थित हुँदैछन् ।

प्रतिकृया दिनुहोस्