News Portal

विप्लवका नेकपाका कार्यकर्ता छाड्न गृहको सर्कुलर 

रातोपोस्ट संवाददाता
८८० पटक

काठमाडौं, २० फागुन । सरकार र विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव  नेकपाका नेता कार्यकर्तालाई रिहाइ गर्न सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन दिइसकेको गृह मन्त्रालया प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । अन्यको हकमा पनि सहजीकरण भइरहेको उनको भनाइ छ ।

प्रहरीका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागे यता विप्लव नेकपाका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् । गृह मन्त्रालयले विप्लवका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।

प्रतिकृया दिनुहोस्