News Portal

कम्युनिष्टहरु विद्रोहका योद्धामात्रै होईन शान्तिका दुत पनि हुन् : महासचिव विप्लव

रातोपोस्ट संवाददाता
५२५ पटक

काठमाडौं, २१ फागुन । २ वर्षपछि सार्वजनिक भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कम्युनिष्टहरु विद्रोहका योद्धा मात्रै नभई शान्तिका दुत पनि भएको बताएका छन् । सार्वभौम अधिकार प्राप्तीका लागि आवश्यक जुनसुकै कदम पनि चाल्न सकिने भन्दै उनले जुन समयमा जस्तो परिस्थिति आईपर्छ त्यसको सामना गर्न आफूहरु तयार भएको बताए ।

उनले विदेशी हस्तक्षेप आफूहरुलाई मान्य नहुने भन्दै कसैले त्यसो गर्न खोज्छ भने आफू जमीनमा गाडिन तयार रहेको तर सहेर नबस्ने बताए ।सहकार्य गरेर हातेमालो गरेर अघि बढ्न आफूहरु सँधै तयार रहेको भन्दै उनले कुनै विदेशीले हेप्न खोज्यो भने आफूहरु गाडिन तयार रहेको तर पछि नहट्ने बताए ।  कम्युनिष्ट जुन दिन विजय हुनेछ, त्यो समयमा सबै हतियार बिसर्जन हुनेसमेत उनले बताए ।

सरकार र विप्लवबीच भएको सहमतिका बुँदाहरुभित्र निक्कै महान आकांक्षाहरु लुकेको भन्दै उनले यसले देशलाई सुन्दर बनाउने स्वाधिन सपना लिएको बताए । नेपाली जनताले अहिलेसम्म पुरा नभएको समृद्धिको आकांक्षा यो भित्र लुकेको भन्दै उनले सहमतिलाई आफूहरुले अक्षरस पालना गर्ने बताए । यस्तै उनले सम्बोधनका क्रममा सबै अधिकार जनताको हातमा रहनुपर्ने र जस्तो परिस्थिति आईपर्छ त्यसको फैसला गर्ने अधिकार जनतामा नै रहेको बताए । जे निर्णय गर्नुपर्ने भए पनि जनतामा जानुपर्ने उनकाे तर्क छ ।

प्रतिकृया दिनुहोस्