News Portal

सुखानीमा सहिद परिवार सम्मानित

रातोपोस्ट संवाददाता
८६२ पटक

झापा, २१ फागुन । सहिद सप्ताहको अवसरमा  झापा बिद्रोहका सहिद परिवार र जनयुद्धका सहिद परिवारलाई नेकपा झापाले सम्मान गरेको छ । आज नेकपा झापामा माधव– प्रचण्ड पक्षकाे आयाेजनामा  सुखानीमा भएकाे श्रद्धाञ्जलि सभामा ८६ जना सहिद परिवार सम्मान गरिएकाे हाे ।

उक्त कार्यक्रममा  पार्टिका प्रमुख अतिथि  नेकपाकी केन्द्रिय सदस्य तथा तत्कालिन झापा बिद्रोहकी योद्धा तथा नख्खु जेल ब्रेकर गौरा प्रसाई, नेकपाका केन्द्रिय सदस्य रविन कोइराला , नेकपा झापाका अध्यक्ष वेदराज रेग्मी,  नेकपा झापाका  सचिव विजयलगायातले दोसल्ला ओड्याएर सहिद परिवारलाई सम्मान गरेका थिए  ।

कार्यक्रममा तत्कालिन शासकद्धारा सुखानीमा हत्या गरिएका नेत्र घिमिरेकी श्रीमती तथा संविधानसभाकी सदस्य जीवन घिमिरे, छोरी दिव्य घिमिरे, कृष्ण कुइकेलका भाई सूर्य कुइकेल, रामनाथ दाहालकी श्रीमती शान्ता दाहाल , नारायण श्रेष्ठका दाजु सन्तकुमार श्रेष्ठलगायात सहिदका परिवारलाई सामुहिक सम्मान गरिएको हो ।

आज ४८ वर्ष अघि फागुन २१ गते अर्थात् सुखानी हत्याकाण्ड भएको दिन । नेपालको राजनीतिक इतिहासमा सुखानी घट्ना चर्चित घटनाहरुमध्येमा पर्छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरे वापत  झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले समेत चिनिन्छ ।

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरेको थियो ।२९ साल कात्तिक महिनामा पक्राउ परेका उनीहरूहरुलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा गोली हानेर हत्या गरिएको थियो । त्यसैले कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गर्दछन् । हत्या भएको स्थानमा पाँचै जनाको शालिक निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्