News Portal

विप्लवजीलाई मैले राम्रोसँग चिनेको छु, उहाँ हाम्रै टिममा आउनुपर्छ : प्रचण्ड

रातोपोस्ट संवाददाता
५२९ पटक

काठमाडौं, २२ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (टिम) मा स्वागत गर्न चाहेको र आउनै पर्ने बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गराउदै अब विप्लवलाई पनि पार्टीमा स्वागत गर्न चाहेको उनले बताएका हुन् ।

यस्तै उनले विप्लव आफ्नो टिममा आउनु पर्ने  बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनु भयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’ विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनु भयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’ आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए ।

शुक्रबारमात्रै विप्लव सरकारसँग ३ बुँदे सहमति भएपनि शान्तिपूर्ण राजनीतिमा सामेल भएका थिए । अर्को प्रशंगमा प्रचण्डले प्रतिगमनविरुद्धको शान्तिपूर्ण जनयुद्धले सर्वोच्च अदालतको फैसलापछि विजय हासिल भएको भएको प्रचण्डको दाबी छ । कार्यक्रममार्फत विमल अधिकारीको नेतृत्वको नेकपा माओवादी पार्टी प्रचण्ड–नेपाल समूहमा समायोजन भएको छ ।

प्रतिकृया दिनुहोस्