News Portal

सुदर्शनलाई भेट्न नख्खु कारागार पुगे विप्लव

रातोपोस्ट संवाददाता
३९५ पटक

काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।

सरकार र विप्लव नेकपाबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

विप्लवले कारागारमा रहेका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा सुदर्शन पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्