News Portal

गृहमन्त्री बादल र विप्लवबीच भेटवार्ता

रातोपोस्ट संवाददाता
६४४ पटक

काठमाण्डाै, २२ फागुन । आफ्ना कार्यकर्ता छुटाउने विषयमा गृहमन्त्री रामबहादुर थापासँग नेकपाका महासचिव विप्लवले छलफल गरेका छन् । विप्लवले  गृहमन्त्री थापाको सरकारी निवास पुल्चोकमा शनिबार बिहान भेटवार्ता गरेका हुन  ।

महासचिव विप्लवले भेटमा आफ्ना कार्यकर्ता रिहा र अनेकन मुद्दामा रहेका आफ्ना कार्यकर्तालाई स-सम्मान फिर्ता लिन विषयमा छलफल गरेको गृहमन्त्री निकट स्रोतले बतायो । शुक्रबार मात्र सरकारसँग तीन बुदे सहमति गरेर सार्वजनिक भएका महासचिव विप्लव र गृहमन्त्री थापाबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएकाे थियाे ।

आजै बिहान विप्लवले हिरासतमा रहेको नेता हेमन्तप्रकाश ओलीलाई भेटेका थिए । सरकारले नेकपाका विप्लवलाई प्रतिबन्ध लगाएपछि उनीहरू भूमिगत भएर पाटिका काम गरिरहेका थिए । लामो समयको वार्तापछि बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो ।

प्रतिकृया दिनुहोस्