News Portal

तिमी कहाँ छौ कवि ?

सुमनसिंह पाैडेल
८६३ पटक

तिमी कहाँ छौ कवि ?
————————————–

खै !
कहाँ छन यतिबेला
श्रजकहरु , कविहरु
कवित्व बुझ्ने चेतनाहरु
सृजना देख्ने अन्तरआत्माहरु
खै, कहाँ हराएका छन
म खोजिरहेको छु
मेरा आत्माहरु खोजिरहेका छन
तिमी कहाँ छौ कवि ?

चेतनाहरु भत्किएका छन
आत्माहरु बिटुलिएका छन
पत्थरहरु चहर्याएका छन
तर,
आत्माहरु झन कठोर बनिरहेका छन
आत्माहरु सुन्न तयार छैनन
कविहरु भन्न तयार छैनन
सृजनाहरु कतै
सिरानिमुनी थन्किएका छन
कतै, साधरण गोस्ठि र सम्मेलनहरुमा
आंफै भित्रमात्र गुनगुनाएका छन
आफू आंफै भित्र मात्र हराइरहेका छन

खै कहाँ हराएका छन सृजनाहरु
कता भेटिन्छन सर्जकहरु
म खोजिरहेको छु निरन्तर….
तिमि कहाँ छौ कवि ?
तिमी कहाँ भेटिन्छौ ?

झुपडी खान नपाएर छटपटाएको छ
दलितहरु मारिन थालेका छन
महिलाहरु दिन दहाडै लुटिइरहेका छन
जताततै रगतका टाटाहरु
कुटिएका निलडामहरु
लुटिएका पसिना धाराहरु
जंही तंही आन्दोलित बनेर
जुर्मुराउन थालेका छन यतिबेला

म पुगिरहेको छु ती आहतहरुमा
खोजिरहेको छु म त्यही भिडमा
सृजनाहरु, कविहरु
खै कहाँ हराइरहेका छन सृजनाहरु
खै कहाँ छन आत्माहरु

के समाज आत्माविहिन बनेर
दुखिरहेको छ यतिबेला ?
कवित्व बुझ्न बिर्सिसक्यो त समाजले ?
कि श्रजकहरुले देख्न छाडिसके ?
के कविहरुको आत्मा मर्दै छ ?
मेरो मथिङ्गल खलबलिएको छ
कतै समाजमा बिचार मरेको त छैन ?
चेतना हराएको त होइन ?
प्रश्नहरु उठ्न थालेका छन
चुनौती बनेर सुनामिले छोपिरहेको छ
श्रजकहरुलाइ , सृजनाहरुलाइ
तिमी कहाँ छौ कवि ?
तिमिलाइ कहाँ भेट्न सकिन्छ ??

इंतिहासलाइ दिशा प्रदान गर्न सक्ने
जारहरुलाइ हल्लाउन सक्ने
हिटलर र मुसोलोनिलाइ दुत्कार्ने
च्याङ्काइशेकहरुलाइ काबुमा राख्ने
पोप , पादरी र सम्राटहरुको
सामन्त दलाल र नोकरशाहिहरुको
दरवार हल्लाउन सक्ने
ईतिहास बदल्न सक्ने
ती कविहरु, ती साहित्यकारहरु
खै कहाँ हराइरहेका छन यतिबेला ,

कुनामा घोत्लिएर कलम समाउदा
दिमागमा चल्मलाएका फुटपाथहरु
रुंदै , कराउंदै चित्कारिरहेको
हाम्रो समाज र हाम्रा झुपडिहरु
के यतिबेला
श्रजकहरुको औंलाबाट
कोरिन, लेखिन, धक मानिरहेका छन ?
त्यो फुटपाथमा बस्नेहरु हाम्रा आफन्त हुन
त्यो झुपडपट्टी हाम्रो समाज हो
भन्नलाइ हामी , लजाउन थालेका हौं ?
या लजाइरहेका छौ ?

यतिबेला झुपडी लेखिएको
असमानता , विभेद र अन्याय देखिएको
लेख्नै पर्ने तर नलेखिएको
साहित्य, सृजना फुल्न छाडिसके
कविहरुको कलम कांपिरहेको छ
कापिका पानाहरु लजाउन थालेका छन
त्यसैले म सोधिरहेको छु
तिमी कहाँ छौ कवि ?

मर्दै गरेको चेतनाहरु
कठोर बनिरहेका आत्माहरु
हराइरहेको हाम्रो इतिंहास
बोल्नै पर्ने सत्य पक्ष
खोतल्नै पर्ने सामाजिक रहस्य
लेख्नु पर्ने दायित्व श्रजकहरुको हो
झक्झक्याउनु पर्छ अब कबिहरुले
उठाउनु पर्छ फुटपाथका कुराहरु
सुनाउनु पर्छ मुक्तिका कथाहरु
संघर्षका महान इतिंहासहरु

कविहरु साहित्यकारहरु
कहाँ हराइरहेका छन
म खोजिरहेको छु
खोजिरहेको छ हाम्रो दुनिंया

ठालुहरुले आयोजना गरेका
ठुला ठुला भव्य कार्यक्रमहरुमा
अभिनन्दित भएर
अविर र दोसल्ला ओडेर
अभिनन्दन पत्र घरका भित्तामा सजाएर
कतै कविहरु गजक्क त परिरहेका छैनन ?
यसैलाइ जिवनको सार्थकता मानिरहेका त छैनन ?
कतै कविहरु,
यो महाभुल त गरिरहेका छैनन ?

ए श्रजक ! ए कवि मन !
तिमी भ्रमित बन्नु हुन्न
तिमिले जिवनभर लेखेको साहित्य
तिम्रा कलमहरुको प्रगतिशिल मानक
तिनै ठालुहरुको अत्यचार बिरुद्ध
अन्यायी सत्ताको बिरोध गर्दागर्दै
हुर्किएका हुन, बयस्क बनेका हुन
आज तिनै ठालुहरुबाट अभिनन्दित बनेर
कथित अभिनन्दन पत्र भित्तामा सजाएर
तिमिले सत्य बिर्सनु हुन्न,
तिमिले न्याय बिर्सनु हुन्न

ए सर्जक !
तिमिले अब च्यात्नु पर्छ
कथित सम्मान पत्रहरु
तोड्नु पर्छ वैभवता संगको आत्मिक सम्बन्ध
त्याग्नु पर्छ अब झिना मसिना सुख
तिल्मिलाउनु हुन्न हरामखोर बजारहरुमा
यतिबेला अत्यचारले सिमा नाघेको छ
मारिइरहेका छन दलितहरु
हराइरहेका छन महिलाहरु
छट्टपटाइरहेका छन गरिबहरु
दिशाविहिन बनेको छ युवा पुस्ता
तिमिले चेतना प्रदान गर्नु पर्छ
समाजलाइ गोरेटो देखाइदिनु पर्छ

खै कहाँ छौ कवि ?
म तिमिलाइ नै खोजिरहेको छु
म आत्मा लेखिरहेको छु
किन कि म कवि होइन
तिमिले खाली छोडेका फुटपाथहरु
झुपडी र गाउँ बस्तिहरुमा
तिमी बिनाको रिक्तता
केही क्षण पुरिरहेको छु
ए श्रजकहरु हो ! उठ !!
तिमिलाइ खोजिरहेको छ
सचेत दुनियाँले , गरिव बर्गले !

०७७/०२/३१
संखुवासभा हिरासत !

प्रतिकृया दिनुहोस्