News Portal

काँग्रेसले भन्यो- म्यान्मारमा सेनाको दमन अमानवीय र निन्दनीय

रातोपोस्ट संवाददाता
८४४ पटक

काठमाडौँ, १५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले म्यानमारमा भइरहेको सैनिक दमनको विरोध गरेको छ ।

सैनिक कदमको विरोधमा भएको प्रदर्शनमा सेनाको गोलीबाट दर्जनौँको हताहती भएको छ ।

पार्टीका तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गररे विरोध जनाएका हुन् । आइतबार जारी विज्ञप्तिमा म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा गरेको नरसंहारलाई अमानवीय र निन्दनीय भनिएको छ ।

कांग्रेसले निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आग्रह गरेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए ।

प्रतिकृया दिनुहोस्