News Portal

भारतमा एकै दिन थपिए २ लाख भन्दा बढि काेराेना संक्रमित

रातोपोस्ट
९९४ पटक

एजेन्सी। छिमेकि मुलुक भारतमा गएकाे २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमित थपिएक छन्। याेसँगै कूल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएकाे जनाइएको थियो। कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेकाे संख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमितकाे संख्या रहेपनि बुधबार एकैदिनमा २ लाख भन्दा बढी संक्रमित भएका छन्,। यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ।

प्रतिकृया दिनुहोस्