News Portal

कर्णालीमा जोगीयो शाही सरकार, नेपाल समूहका सांसदले गरे फ्लोरक्रस

रातोपोस्ट संवाददाता
८४८ पटक

काठमाडौं, ३ बैशाख । कर्णाली प्रदेशको मुख्य मन्त्रीको पक्षमा एमालेको माधवकुमार पक्षले मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको छ । प्रकाश ज्वालाको नेतृत्वको ४ जना सांसदले फ्लोर क्रश गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर साविकका एमाले र माओवादी केन्द्र व्यूँतीएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिए । त्यससँगै माहेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

शुक्रबार शाहीले संसदमा विस्वासको मत लिने क्रममा पार्टी ह्वीप विरुद्ध एमालेका सांसदहरु प्रकाश ज्वाला, अम्मर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेका हुन् । शाहीलाई विस्वासको मतका लागि २० मत आवश्यक थियो । जसमा शाहीले २२ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्