News Portal

पाकिस्तानको क्वेटा शहरमा विष्फोट, ४ जनाको मृत्यु

रातोपोस्ट
६३८ पटक

एजेन्सी, ९ बैशाख । पाकिस्तानी सहर क्वेटामा रहेको चर्चित सेरेना होटलमा भएको विस्फोटमा कम्तीमा चार जनाएको ज्यान गएको छ ।

विस्फोटमा अन्य ११ जना घाइते भएको बीबीसीले जनाएको छ । संवाददाताहरूका अनुसार पाकिस्तानमा रहेका चिनियाँ राजदूतलाई लक्षित गरी आक्रमण गरिएको आशङ्का गरिएकाे छ ।

आक्रमणको समयमा चिनियाँ राजदूत क्वेटामा नै रहेको थाहा भएको बताइएको छ ।

क्वेटा, बलुचिस्तान प्रान्तको राजधानी हो, यो अफगानिस्तानको सीमा नजिक पर्छ । आक्रमणको समयमा चिनियाँ राजदूत होटलमा थिएनन् । विस्फोट होटलको कार पार्किंग गर्ने ठाउँमा भएको हो । सेरेना होटल क्वेटामा निकै चर्चित छ, यहाँ सरकारी अधिकारी र चर्चित व्यक्तित्व आइरहन्छन् । विस्फोटको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

पाकिस्तानका गृह मन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थ भरिएको कारमा विस्फोट भएको एआरवाय न्युज टीभीसँग बताए । उनका अनुसार विस्फोटको समयमा चीनका राजदूत नोन रङ एक समारोहमा थिए तर उनी होटलमा थिएनन् । बलुचिस्तान लामो समयदेखि पृथकतावदी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरुले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् र त्यस क्षेत्रमा भइरहेका चिनियाँ पूर्वाधार परियोजनाको उनीहरुले विरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्