News Portal

आईपीएल : राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

रातोपोस्ट संवाददाता
६४७ पटक

काठमाडौं, १० बैशाख । राेयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ । बिहीवार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो । कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।

कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए । बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३/३ विकेट लिए । केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ ।राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्