News Portal

नेपालमा २४ घण्टामा ५,हजार ७ सय ६ जना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६७८ पटक

काठमाडौं, १८ वैशाख ।  नेपालमा थप ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ जनाकाे स्वाब नमुनाको पीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या तीन हजार २९८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेको संख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ । हाल देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिकृया दिनुहोस्