News Portal

मेचीनगरमा वाइसिएलद्वारा मास्क वितरण

रातोपोस्ट संवाददाता
९६६ पटक

झापा, २१ वैशाख । योङ कम्युनिष्ट लिग नेपाल वाइसिएलले  मेचीनगरमा आज मास्क वितरण गरेको छ । कोरोना भाइरस अध्याधिक बढेकाले त्यसको रोकथामका लागि वाइसिएलले  मेचिनगरमा मास्क वितरण गरेको वाइसिएल मेचीनगरका अध्यक्ष  बिनाेद मण्डलले बताए ।

मास्क लगाऔं, कोभिड–१९ को महामारीबाट आफु बचौं अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ वाइसिएलले पैदल यात्री, अटोमा रहेका मानिसलाई धुलाबारी,  ईटाभट्टा र काँकरभिट्टामा  एक हजार माक्स वितरण गरेको उनले बताए ।

मास्क वितरण कार्यक्रममा वाइसिएल जिल्ला अध्यक्ष दधिराम रिमाल, वाइसिएलका जिल्लाका नेताहरु र वाइसिएल वडा नम्बर ६ का अध्यक्ष अविशेक दवाडीको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्