News Portal

आज राति १२ बजेदेखि झापामा ३१ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा

रातोपोस्ट संवाददाता
६६० पटक

झापा, २२ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को मंगलबार बसेको वैठकले आज (बुधबार) बैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि डिसीसीएमसीको वैठकले झापामा वैशाख ३१ गतेसम्म पूर्ण निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पार्तेलले बताए । झापामा सोमबारदेखि वैशाख २६ गतेसम्मलाई मिनी लकडाउनका रुपमा निषेधाज्ञा लगाइएको छ ।

विहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल, बजार, यातायात पूर्ण रुपमा बन्द हुनेछ । झापामा संक्रमितको संख्या ५ सय पुगेपछि प्रशासनलाई पूर्ण निषेधाज्ञा लगाउन पाउने अधिकार छ । जिल्लामा मंगलबार सम्ममा सक्रिय संक्रमितको संख्या ७४१ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्