News Portal

काँकरभिट्टामा होम आइसोलेशनमा बसेकी एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
८६४ पटक

झापा, २२ बैशाख । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका काँकरभिट्टाकी एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मेचीनगर नगरपालिका–६ बर्मेली निवासी ५६ वर्षीयाको महिलाको आज बिहान मृत्यु भएको हो ।

ती महिलालाई चार दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । उनी कलेजोको क्यान्सर रोगबाट पीडित थिइन् ।

उनको उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उनी गत शुक्रबारदेखि होम आइसोलेशनमा बस्दै आएकी थिईन् ।

प्रतिकृया दिनुहोस्