News Portal

मेचीनगर नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा ३१ गतेसम्मका लागि स्थगित

रातोपोस्ट संवाददाता
९०० पटक

झापा, २२ बैशाख । मेचीनगर नगरपालिकाले आजदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको छ ।

कोरोना संक्रमण समुदायस्तरमा तिब्र रुपमा फैलिएको हुनाले संक्रमण नियन्त्रणका लागि नगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने नियमिति सेवाहरु बन्द गरेको नगरप्रमुख बिमल आचार्यले सूचना जारी गरी जानकारी दिएका छन ।

बैशाख ३१ गतेसम्म स्वास्थ्य सम्बन्धी कार्य, क्वारेन्टाइन र उपचार सेवा सम्बन्धी कार्य, सरसफाईलगायत काम बाहेकका नगरपालिकाबाट नहुने सूचनामा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्