रातोपोस्ट संवाददाता
काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धीलगायतका विभिन्न ७ वटा अध्यादेश जारी गरेकी थिइन् ।