News Portal

केन्द्रमा ओलीको प्रदेशमा गुरुङको पदको छिनोफानो एकैदिन हुँदै

रातोपोस्ट संवाददाता
३७३ पटक

काठमाडौं, २३ बैशाख । संघीय संसद्को बैठक सोमबार दिउसो १ बजे बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार संसद्को बैठक आह्वान गरेकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने बताएका छन् भने उता गण्डकी प्रदेशमा पनि अविश्वास प्रस्तावमाथि सोही दिन नै मतदान हुने भएको छ ।

गत वैशाख २ गते कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सहित २८ सांसदले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ६० सदस्य रहेको प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित गर्न ३१ मत आवश्यक पर्छ । यसअघि अविश्वास प्रस्तावको दिनमा नै राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि रोकिएको थियो ।

उनी हराएको भन्दै सोही पार्टीले निवेदन दर्ता गरेपछि बैठक स्थगित गरिएको थियो । त्यसपछि विवादका कारण बस्न नसकेको बैठक आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बिहान ११ बजे बस्ने निर्णय गरेको सांसद् कुमार खड्काले जानकारी दिए । सोमबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्