News Portal

मेचीनगरका २२ सहित झापामा आज १९० जना कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
६८४ पटक

झापा, २३ बैशाख । मेचीनगरका २२ सहित झापामा बिहीबार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेहरूमा ८७ महिला र १०३ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार संक्रमित हुनेहरूमा मेचीनगरका २२, दमकका ६४, विर्तामोडका २२, गौरादहका २,  भद्रपुरका ११, कनकाईका १२, अर्जुनधारा र  बुद्धशान्तीका ४, गौरीगञ्जका १७, कमलका २२, शिवसताक्षीका ६, झापा गाँपामा ३ र ठेगाना नखुलेको १ जना महिला रहेका छन् भने ११ जना एन्जिेन पोजेटिभ रहेको छ ।

त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज दुई जना पुरूषको मृत्युु भएको छ । मृत्यु हुनेमा दमक – ३ का ५३ बर्षीय पुरूष र मेचीनगर-६ का ४८ बर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा कुल संक्रमितको संख्या ५ हजार ७ सय ९० पुगेको छ भने मृत्य हुनेको संख्या १४४ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।४ हजार ५ सय ६५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्