News Portal

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

रातोपोस्ट संवाददाता
४२९ पटक

काठमाडौं, २४ बैशाख । आज (शुक्रबार) वागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि ४ बजेसम्म हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने छ ।

माओवादी केन्द्रले रामबहादुर थापा बादललाई कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो । बादल नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका हुन् । उक्त रिक्त पदको लागि विपक्षी गठबन्धन (काँग्रेस, माओवादी, एमालेकै नेपाल–खनाल पक्ष ) ले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । भने एमालेले बादललाई नै उम्मेदवार बनाउने तयारी थाले पनि पक्का भएको छैन् ।

उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद र २३८ पालिका प्रमुख उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाताले मतदान गर्न पाउने छन्।

प्रतिकृया दिनुहोस्