News Portal

ओलीले बोलाए संवैधानिक परिषद् बैठक

रातोपोस्ट संवाददाता
३९० पटक

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबारका लागी बैठक बोलाएका हुन् ।

संवैधानिक परिषद् अन्तर्गत लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त रहेको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ र निर्वाचन आयोगमा १ पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि हालसम्म पूर्णता नपाएको अवस्था छ ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्