News Portal

शुक्रबार थपिए ९१९६ कोरोना संक्रमित, ५० को मृत्यु

रातोपोस्ट संवाददाता
८०९ पटक

काठमाडौं, २४ बैशाख । नेपालमा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालामा २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरी १९ हजार ९ सय ८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमा ९ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, गत २४ घण्टामा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।

प्रतिकृया दिनुहोस्