News Portal

संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस

रातोपोस्ट संवाददाता
५५१ पटक

काठमाडौँ, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष सहभागी संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतमा सिफारिस गरेको स्रोतले जनाएको छ ।

कुन-कुन पदमा कसलाई सिफारिस गरियो भन्‍ने जानकारी आइसकेको छैन् । स्रोतका अनुसार अब कुनै पनि संवैधानिक निकायमा पदाधिकारी रिक्त रहने छैनन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्‍निप्रसाद सापकोटा सहभागी थिएनन् । उनीहरूले शनिबार नै आफूहरू बैठकमा सहभागी नहुने धारणा सार्वजनिक गरेको थिए ।

सरकारले चैत ३० मा अध्यादेश ल्याएर बहुमतले बैठकको निर्णय गर्न सक्ने प्रावधान राखेको थियो । त्यो प्रावधानको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र कानुनका जानकारहरूले विरोध गर्दै आएका छन् । परिषद्को यो बैठकले गरेका निर्णय वैधानिक नहुने भन्दै उनीहरूले विरोध गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्