News Portal

पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

रातोपोस्ट संवाददाता
७३७ पटक

पोखरा, २९ वैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त भएका छन् । आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले बुधबार संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। उनले आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।

गुरुङले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ यदि विश्वासको मत नपाएमा मध्यावधी चुनाव हुनेछ । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन नसकेका हुन् । कृष्णचन्द्र नेपालीको पक्षमा २९ जनाले हस्ताक्षर गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्