News Portal

सञ्चारकर्मी पौडेलको कोरोना संक्रमणकाे कारण मृत्यु

रातोपोस्ट संवाददाता
४६४ पटक

पाेखरा, ३० बैशाख । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४२ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । उनको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई गत वैशाख २० गते कोरोना पुष्टि भएको थियो । ४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या नरहेको अस्पतालले जनाएको छ ।

पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत रहेका थिए ।

प्रतिकृया दिनुहोस्