News Portal

मेचीनगरमा फेरि एक महिलाको काेराेनाबाट मृत्यु

रातोपोस्ट संवाददाता
३८० पटक

झापा, ३० वैशाख । कोरोनाको संक्रमणबाट काँकरभिट्टामा एक जना महिलाको बाटोमै मृत्यु भएको छ । मेचीनगर–६ स्थित शान्ति गाउँकी ४३ वर्षीया महिलाको आज मेची अस्पताल भद्रपुरबाट वीएण्डसी थप उपचारका लागि ल्याउदै गर्दा बाटैमा मृत्यु भएको हो ।

श्रोतका अनुसार सोमबार उनलाई ज्वरो, रुघाखोकी लागेर बिर्तामोडको बिर्तासिटी अस्पतालमा लगिएको थियो । त्यहाँबाट रेफर गरेर वीएण्डसी अस्पताल उपचारका लागि ल्याईएको थियो । सोहि अस्पतालमा एन्टिजेन जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

वीएण्डसीमा उपचारका क्रममा पचास हजार रुपैयाँ धरौटी मागेपछि आर्थिक अवस्था कमजोर भएकाले त्यहाँबाट सोमबारै धाइजनको आईसोलेसन सेन्टरमा ल्याईएको श्रोतको भनाइ छ । उनको धाइजनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

आईसोलेसन सेन्टरमा उपचारका क्रममा समस्या आएपछि मंगलबार थप उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेचीमा पनि विरामीको अवस्था झन जटिल बनेपछि थप उपचारका लागि फेरि वीएण्डसी ल्याउने क्रममा आज विहान १० वजे चारआली जंगलमा मृत्यु भएको परिवारले जनाएको छ ।

उनको दिउसो नेपाली सेनाले स्थानीय मेची खोलामा दाहसंस्कार गर्ने मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले बताए । योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । काँकरभिट्टामा मात्र कोरानाबाट मृत्यु हुनेको संख्या ५ पुगिसकेको छ ।

प्रतिकृया दिनुहोस्