News Portal

प्रतिगामी शक्ति विरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आह्वान

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं, ३१ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका छन्।

मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रन आहवान गरेका हुन्।

संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको गरेको भन्दै प्रचण्डले बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको उल्लेख गरेका छन्। विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन उनले आग्रह गरेका छन्।

May be an image of 2 people and text

प्रतिकृया दिनुहोस्