News Portal

प्रधानमन्त्री ओलीको २:३० बजे शपथ, अधिकांश मन्त्रीहरूलाई दोहोर्‍याउने तयारी

रातोपोस्ट संवाददाता
५२१ पटक

 काठमाडौं, ३१ वैशाख  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी थिइन् ।

तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २:३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शितल निवासमा शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्