News Portal

अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमन जाँदै

रातोपोस्ट संवाददाता
८७८ पटक

काठमाडौं, १ जेठ । गैर आवासीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन आज विमान मस्कट जाँदैछ । ६ सय वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज मस्कट जान लागेको हो ।

यस्तै चीनको बेइजिङबाट पनि ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणको महामारी रोक्न अहिले अक्सिजनको अभाव खड्किइरहेको छ । अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएका खबरहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिकृया दिनुहोस्