News Portal

‘कोरोनाबाट बच्न घरबाटै डिजिटल कारोबार गरौं’

रातोपोस्ट संवाददाता
७०२ पटक

काठमाडौं, १ जेठ । कोभिड-१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले सम्भव भएसम्म डिजिटल बैंकिङ सेवा बढीभन्दा बढी प्रयोगमा जोड दिन थालेका छन् ।

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना हुन थालेपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएकाे छ ।

निषेधाज्ञाको समयमा आर्थिक कारोबार घरबाटै गर्न/गराउन नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ लगायतले आग्रह गरिरहेका छन् । कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि उनीहरूले डिजिटल बैंकिङका सेवाबाटै हुने कामका लागि बैंकमा नआउन आग्रह गरेका छन् ।

यसका लागि गत बिहीबार एक सूचना जारी गर्दै बैंकसर्स संघले अब बैंकबाट खातामा रहेकाे रकम निकाल्न, ५० हजारभन्दा माथिकाे रकम मात्र डिपाेजिट गर्न, रकम स्थानान्तरण (चेक/आईपीएस/आरटीजीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित सेवा मात्रै लिन सकिने जानकारी दिएकाे छ । सकेसम्म डिजिटल बैंकिङ र भुक्तानी सेवाकाे प्रयाेगमा जाेड दिन सके काेभिड १९ बाट सुरक्षित हुन सकिने विश्वास सराेकारवालाकाे छ ।

 

 

प्रतिकृया दिनुहोस्