News Portal

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
३९१ पटक

काठमाडौं, १ जेठ । पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५४८ वटा स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्