News Portal

स्वास्थ्य सामग्री वितरण गर्दै हिँडेका विप्लव नेकपाका ४ कार्यकर्ता प्रहरी हिरासतमा

रातोपोस्ट संवाददाता
६१२ पटक

झापा,२ जेठ। कोभिड-१९ निवारण अभियानमा स्वास्थ्य सामग्री संकलन तथा वितरण गर्दै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका ४ नेता कार्यकर्तालाई प्रहरीले झण्डै ३ घण्टा हिरासतमा लिएर छाडेको छ।

आज झापाको दमकमा स्वास्थ्य सामग्री वितरण तथा संकलन अभियानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका ४ नेता कार्यकर्तालाई पक्राउ गरेको र हिरासतमा राखेकाे भन्दै नेकपाका जिल्ला सचिव प्रशान्तले आक्रोश पाेखेका छन्।

महासचिव नेत्र विक्रम चन्दले केही दिन अघि एक विज्ञप्ति जारी गर्दै देशभर आफ्ना कार्यकर्तालाई काेभिड-१९ विरूद्दकाे अभियानमा लाग्न निर्देशन दिएका थिए। साेहि अनुरूप झापामा नेकपाले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको थियोे । यसअघि अखिल (क्रान्तिकारी ) ले समेत झापाका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको थियोे ।

यश विषयमा हामीले जिल्ला प्रहरी कार्यालय झापामा बुझ्दा उनिहरूले निषेधाज्ञा उल्लंघन गरेका कारण पक्राउ गरिएको र केही समय पश्चात् उहाँहरूलाई छाडिने प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका थिए।

पक्राउ पर्नेहरूमा युद्ध ,सुमन, भुपाल र योगेश रहेकाे नेकपाले जानकारी दिएको छ । हाल उनिहरू छुटिसकेकाे र उक्त अभियानमा प्रयोग गरिएको गाडी र स्वास्थ्य सामग्री  भने प्रहरीले नछाडेकाे समेत नेकपाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्