News Portal

गाउँपालिकाकाे एम्बुलेन्स बनाउने भनिएकाे गाडि दुरुपयाेग

रातोपोस्ट संवाददाता
१३३२ पटक

झापा, ३ जेठ । बुद्धशान्ति गाउँपालिकाले कोभिड सङ्क्रमित बिरामी बोक्नका लागि प्रयोग गर्दै आएको सवारी साधन प्रशासकिय अधिकृत ईन्द्रप्रसाद चापागाई लिएर काठमाडौं गएका छन् ।

पुर्ख्याैली घर बुद्धशान्ति -१ हाेक्से भएपनि हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भएका प्रमुख प्रशासकीय अधिकृत  चापागाईं सो गाडी लिएर घर गएको गाउँपलिकाकी उप प्रमुख मिरा भुर्तेलले जनाकारी दिईन । “श्रीमती बिरामी भएकोले घर जान्छु भनेर दुई दिनमा आउँछु भन्दै शुक्रबार काठमाडौं जानु भएको हो ।” उप प्रमुख भुर्तेलले भनिन् “जनताको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनेर निर्णय भएको थियो, लिएर जानु भएछ तर वहाँसंग सम्पर्क हुन सकेको छैन् ।”

गाउँपालिकामा पछिल्लो समय काेभिड सङ्क्रमणकाे दर तिब्र गतिमा बढ्दै गईरहेकाे याे भयावह अवस्थामा बिरामी बाेक्ने प्रयाेजनका लागि छुट्याईएकाे गाडिकाे दुरूपयाेग हुदा स्थानिय जनता आक्राेसित भएका छन् । एक स्थानियले बताए यस्ताे संकटकाे समयमा जतिबेला पनि गाडि आवश्यक पर्न सक्छ जनताकाे ज्यान भन्दा ठुलाे अधिकृतकाे के काम पर्याे ।

क्षणिक लाेकप्रियताका लागि जनताकाे आँखामा छाराे हाल्न एम्बुलेन्सकाे रूपमा प्रयाेग गर्न सकिने भनि प्रचार गरिएकाे गाडीको मनलाग्दी दुरूपयाेगले गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारी कतिकाे जनताप्रति उत्तरदायी छन भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।

प्रशासकिय अधिकृत चापागाईंले पास प्र १-०१-००१ झ २२२२ नम्बरकाे गाडिकाे बनाएर उपाध्यक्षले चढ्दै आएकाे १ झ १४४ नम्बरकाे गाडि बिना अनुमति लिएर गएका थिए । उक्त गाडि काठमाडौंमा पक्राउ परे पनि राजनितिक पहुँचकाे प्रयाेग गरेर चापागाईंले छुटाएकाे नाम नबताउने सर्तमा गाँउपालिकाका एक कर्मचारीले बताए ।

प्रतिकृया दिनुहोस्