News Portal

अर्जुनधारा नगरपालिका प्रशासकीय अधिकृतकाे काराेनाबाट मृत्युु

रातोपोस्ट संवाददाता
५८८ पटक

झापा, ३ जेठ । झापाकाे अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोनाका कारण मृत्यु भएको छ । २० दिनअघि स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । लामो समयदेखि उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि ३ दिन अर्जुनधारा नगरपालिकाको होम आइसोलेसनमा बसेका थिए । ५१ वर्षीय खाम्याहाङको उपचारकै क्रममा आज दिउसो साढे २ वजे बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

उनको २ बजेर ३० मिनेटमा निधन भएको बीएन्डसी अस्पतालका सम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बीएन्डसीमा भर्ना गरिएको गिरीले बताए । संखवासभा निवासी उनका श्रीमती, २ छोरा र १ जना छोरी छन् । अर्जुनधारा जानु अघि उनी मेचीनगर नगरपालिकामा थिए । उनको निधनले अर्जुनधारा नगरपालिका तथा झापाबासी स्तव्ध बनेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्