News Portal

नेपालमा २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त

रातोपोस्ट संवाददाता
६०५ पटक

काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ५ हजार ७ सय ६७ जना घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाबाट गरी ५ हजार ७ सय ६७ जना निको भएका हुन् ।  नेपालमा  हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५५ हजार २२३ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण आज २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्