News Portal

बुद्धशान्तिमा पनि १५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा

रातोपोस्ट संवाददाता
७३६ पटक

झापा , जेठ ३ । कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै बुद्धशान्ति गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । दिनानुदिन कोभिड–१९ को संक्रमण बढिरहेको तथा गाउँपालिकामा पनि संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै गाउँपालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा १५ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको हो ।

अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिन्डरसहित सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालन गरिएको २५ बेडकाे बनाउने लक्ष्य रहेकाे गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । अध्यक्ष भुजेलले भने, अहिले विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर जुटाइ रहेका छाैं, उनले गाउँपालिकामा अहिले अक्सिजन कमी भएकाे हुनाले सहयाेगकाे लागि अपिल गरेका छन ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताइन् । गाउँपालिकामा अहिले ६ वटा एम्बुलेस र एउटा सव बहान रहेकाे छ ।

विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्तिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । आइसोलेसन सेन्टरम १ जना MBBS डाक्टर, १ जना नर्स , १ जना स्वास्थ्यकर्मी रहने उनले जानकारी दिए । गाउँपालिकामा अहिलेसम्म १३० जना काेराेना संक्रमित रहेका छन भने ६ जना अस्पतालमा रहेका छन ।

प्रतिकृया दिनुहोस्